राप्ती १ बगासोतीमा भाँसिएको भालुवाङ–प्युठान सडक कहिले बन्छ ?

बासुदेव न्यौपाने

 

भालुवाङ । भालुवाङ -प्युठान सडक खण्ड अन्तरगत राप्ती गाउँपालिका १ बगासोतीमा सडक भाँसिएको १ वर्ष भइसकेको छ । तर यो सडक बन्ने परैको कुरा हो सामान्य मर्मत समेत गरिएको छैन ।

सडक भाँसिएर मर्मत नहुदा दुर्घटनाको जोखिम समेत बढेको छ । गत वर्ष वर्षायाममा भाँसिएको सडक २ दिन पहिला परेको वर्षाले पुन दबेको छ । पुन सडक भाँसिदा हाल आएर थप जोखिम पूर्ण हुन पुगेको छ ।

पुन भाँसिएको सडक

पुन सडक भाँसिएर मर्मत नहुँदा सवारी साधानहरुलाई आवात जावतमा निकै सास्ती खेस्नु परेको छ । राप्ती नदि माथीबाट पहाडसँगै सडक भाँसिएको छ ।

हरेक दिन यो सडक भएर यात्रा गर्दा धेरै समस्या भोग्नु परेको प्युठान सरुमारानी गाउँपालिका वडा नं १ का बामदेव भण्डारीले बताए । ‘हरेक दिन यही सडक भएर लालमटियामा रहेको कार्यालय जानु पर्छ, कहिलेकाँही फर्कदा राती पर्छ ।” उनले भने ‘रातको समय, जङ्गलको यात्रा त्यस माथी भाँसिएको सडक रातको समय अझ बढी समस्या हुन्छ ।”

भाँसिएको स्थान पार गर्दै मोटरसाइकल

कतिपय सवारी साधनहरुले भाँसिएको ठाउँमा यात्रुलाई झारेर गाडी पार गराउनु पर्ने अवस्था रहेका छ । ‘सडक भाँसिएको १ वर्ष भइसकेको छ, तर सडक मर्मत कहिले हुने हो थाहा छैन” भण्डारीले भने ।

यही सडक भएर दैनिक सयौंको संख्यामा भारतीय तिर्थालुहरु स्वर्गद्धारी दर्शन गर्न जाने गरेका छन् । तर सडक भाँसिएको १ वर्षसम्म पनि यसको मर्मत भएको छैन ।

भारतीय तिर्थालुहरु मोटरसाइकलमा

सडक डिभिजिन कार्यालय दाङका अनुसार वर्षा सकिएपछि उक्त सडकको मर्मत हुनेछ । वर्षाया सकिए लगत्तै सडकको मर्मत गरिने सडक डिभिजिन कार्यालय दाङका सव इन्जिनियर महेश विश्वकर्माले बताए । ‘सडकलाई राप्ती नदिको सतह बाट नै वाल उठाउनु पर्छ । यस वर्षको वर्षामा सडकमा कति पहिलो खस्छ हेर्दै छौं ।” विश्वकर्माले भने ‘वर्षा सकिए लगत्तै मर्मतको कार्य सुरु हुन्छ ।”

जोखिम पूर्ण यात्रा गर्दै

समयमै सडकको मर्मत गरिएन भने कुनै दिन सडकसँगै सवारी साधन राप्ती नदिमा नजाला भन्न सकिदैन । यदि यस्तो अवस्था आएमा सडक पुर्णरुपमा बन्द हुन सक्छ ।

तपाईको प्रतिक्रिया