
देउखुरी । देउखुरी बैंकर्सको प्रथम साधारण सभा तथा अधिवेसन शनिबार लमहीमा सम्पन्न भएको छ ।
तदर्थ समितिका अध्यक्ष तथा कुमारी बैंक लमहीका प्रमुख विजय थापाको अध्यक्षता तथा राष्ट्रिय बाणिज्य बैंकका निवृत्त मुख्य अधिकृत राजकुमार खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसन उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्ने वक्ताहरुले वित्तिय साक्षरता तथा चेतना कमी भएको ठाउँमा बैंकर्सको तर्फबाट कार्यक्रम सञ्चालन गर्न जोड दिइएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्दै देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्वर खनालले उद्योग बाणिज्य संघ र बैंक एक अर्का सँग सम्वन्धित भएकाले आर्थिक विकासका लागी मिलेर काम गर्नुपर्ने धारणा व्यक्त गरे ।
अधिवेसनले ग्लोबल आईएमी बैंक लमहीका शाखा प्रमुख प्रदिप गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । उपाध्यक्षमा मेगा बैंकका प्रमुख छविलाल भण्डारी, सचिवमा सिद्धार्थ बैंकका आकाश केसी, सहसचिवमा सिभिल बैंकका सन्तोष कुँवर, कोषाध्यक्षमा कुमारी बैंकका सुरज खनाल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मनिषा भण्डारी, शिखर घिमिरे, प्रेम प्रसाद जैसी, कुलाराम भट्टराई, सागर थापा, केशव केसी, सरीता थापा, सुर्वर्ण केसी, तेज बहादुर नेपाली, गोपाल पौडेल, राम प्रसाद खनाल र निमाराम पोख्रेल रहेका छन् ।

तपाईको प्रतिक्रिया