दाङ । दाङको सिमावर्ति क्षेत्रमा झाडापखाला फैलिएको छ । राजपुर गाउँपालिका(७ भैंसाही नाका निवासी ७ बर्षिय बालिकाको मृत्यु भएको र १७ जना विरामी भएका छन् । बिरामी मध्य तिनजनाको अवस्था सिकिस्त रहेको छ ।

राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षिय सम्झना परियार मृत्यु भएको स्वास्थ्य चौकी राजपुरका प्रमुख खिमबहादुर रावतले जानकारी दिए । झाडापखाला प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोलि पुगेको छ ।
बिहिवार दिउँसोबाट झाडापखालाका बिरामी देखिएका थिए । बिरामीहरुको उनिहरुकै घरमा उपचार थालिएको छ । स्थानीय भैंसाही खोलाको दुषित पानी खाँदा झाडापखाला फैलिएको प्रारम्भिक जानकारी दिइएको छ । खोलाको पानी धमिलो छ । जुन पानी स्थानीयले खादै आएका थिए ।
राजपुर गाउँपालकिा वडा नम्बर ७ भैसाहीँनाका पलानगौरी निवासी ९ वर्षिय अस्मिता बुढा, सोही ठाउँ निवासी २८ वर्षिय लालमति परियार, उनकी छोरी ३ वर्षिया सपना परियार, ५३ वर्षिय सेषमति बुढाथोकी, २३ वर्षिय विमला राना, डेर वर्षिय (बालक) हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरि झाडापखालाबाट बिरामी भएको राजपुर गाउँपालिका अन्तर्गत राजपुर स्वास्थ्य चौकिका प्रमुख रावतले जानकारी दिए ।
यस्तै झाडापखालाबाट राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीनाका निवासी ३५ वर्षिय गंगाराम परियार, ३८ वर्षिय केशरबहादुर घर्ती, २८ वर्षिय प्यारी राना, १२ वर्षिय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षिय शोभा गिरि, ३७ वर्षिय सुनमालि कवर, ३३ वर्षिय पार्वती कवर, डेढ महिनाकि बालिका तुलसि घर्ती रहेका छन । सरसफाइको कमि र फोहोर पानीका कारण झाडापखाला फैलिएको हुनसक्ने बताइएको छ ।
राजपुर गाउँपालिका अन्तरगत राजपुर स्वास्थ्य चौकि प्रमुख खिमबहादुर रावत, अहेव ताराप्रसाद विक लगायत स्वास्थ्यकर्मी स्थलगत रुपमा पुगेका छन् ।

तपाईको प्रतिक्रिया