
दाङ । दाङको राप्ती गाउँपालिकामा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
राप्ती गाउँपालिका वडा नम्बर २ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहा मगर र उनकी २५ वर्षिय श्रीमती हिमा गाहा मगरको करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन् । उनीहरुलाई सोमबार दिउँसो करिव २ः३० बजेको समयमा करेन्ट लागेको थियो ।
त्यस्तै बासु गाहा मगरकी २७ वर्षीया भाउजु भिमा गाहा मगर घाइते भएकी छिन् । घाइतेको प्रस्तावित भालुवाङ अस्पतालमा उपचार पछि डिस्चार्ज भएको प्रहरी निरिक्षक शाहले जानकारी दिएका छन् ।
घर भित्र भिमा गाहाले कपडा सुकाउने क्रममा करेन्टको झड्काले फालेर घाइते बनाएपछि के भएको हो भनी देउरानी हिमाले विद्युतको तार छुदा करेन्ट लागेको थियो ।
करेन्ट लागेकी श्रीमतीलाई बचाउन खोज्दा श्रीमान बासुलाई समेत करेन्ट लागेको थियो । श्रीमतीलाई बचाउन काचो लठ्ठीले तारलाई हिर्काउदा तार चुडिएर बासु गाहाको शरिरमा परेपछि करेन्ट लाग्दा दुवै जनाको घटना स्थलमा मृत्यु हुन पुगेको वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिएका छन् ।
मृतक बासु र हिमाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

तपाईको प्रतिक्रिया