काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारविरुद्ध बिरोध प्रर्दशन गर्दैछ।

गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनिरहेको भन्दै सोमबार एमालेले विरोध प्रर्दशन गर्न लागेको हो। दिउँसो २ बजे वसन्तपुरबाट जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ।
पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ।
जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्।
राजधानीको वसन्तपुरबाट सुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता गराउने निर्णय भएको एमालेले जनाएको छ।

तपाईको प्रतिक्रिया