जवरजस्ती करणीकाे आराेपमा देउखुरीबाट एक किशाेर पक्राउ

दाङ । दाङको देउखुरीमा जवरजस्ती करणी गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँ निवासी १५ वर्षिय निश्चल चाैधरी रहेको इलाका प्रहरी कार्यालय सिसहनियाँले जानकारी दिएको छ ।

साउन ८ गते राती करिव ११ बजे खेत लगी वडा नम्बर ५ बस्ने १५ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोप लागेको छ ।

किशोरी माथि जवरजस्ती करणी गरेको थाहा पाएपछि पिडित किशोरीका परिवारले प्रहरी समक्ष शुक्रवार निवेदन दर्ता गराएका थिए । उनलाई आजै इलाका प्रहरी कार्यालय सिसहनियाँले पक्राउ गरी इलाका प्रहरी कार्यालय भालुवाङमा पठाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया