लमहीमा ६७ वर्षिया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

 

 

दाङको लमही नगरपालिका – ६ मध्यनगर निवासी ६७ वर्षिया वृद्धा जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

वृद्धा घरमा एक्लै भएको अवस्थामा उनी माथी पटक पटक जबरजस्ती करणी भएको हो ।

जबरजस्ती करणी गरेको आरोपमा लमही नगरपालिका – ६ मध्यनगर निवासी २९ वर्षिय बल बहादुर चौधरीलाई प्रकाउ गरिइको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक पुष्पराज थापाले जानकारी दिए ।

वृद्धाले आफूलाई जबरजस्ती करणी गर्ने व्यक्तिलाई पहिचान गर्न नसक्दा घटना बाहिरीन ढिला भएको हो प्रहरीले बताएको छ । आफूलाई जबरजस्ती करणी गर्ने व्यक्ति साउन २ गते राती ९ बजेतिर वृद्धाले पहिचान गरेपछि बुधबारमात्रै प्रहरीकोमा परिवारले उजूरी दिएका थिए ।

वृद्धाको स्वास्थ्य अवस्था सामान्य रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया