रोटरी क्लब राप्तीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

 

 

देउखुरी । रोटरी क्लब राप्तीद्धारा अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ८ सातमारामा अवस्थित श्री नवज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

मंगलवार एक कार्यक्रमका बिच विद्यार्थीहरूलाई आवश्यक कापी, कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो।

रोटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यको अध्यक्षतामा तथा शितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुकेस आलेको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आलेले यस्ता सामाजिक तथा शैक्षिक गतिविधिले विद्यार्थीहरूको अध्ययनमा थप उत्साह मिल्ने बताउँदै रोटरी क्लबको कार्यको प्रशंसा गरे। अध्यक्ष आचार्यले शिक्षा क्षेत्रको विकासका लागि क्लवले निरन्तर सामाजिक कार्य गर्दै आएको जानकारी दिए।

वितरण गरिएको शैक्षिक सामग्री क्लवका सदस्य चेतन सारुद्वारा उपलब्ध गराइएको थियो। कार्यक्रममा अध्यक्ष गोपाल आचार्य, संस्थापक अध्यक्ष बासुदेव न्यौपाने, निर्वाचित अध्यक्ष बसनत गिरी, सचिव दोर्ण आचार्य, सदस्यहरु चेतन सारु, विष्णु चौधरी, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया