लमहीमा होटल सञ्चालक मृत फेला

दाङ- दाङको लमहीमा एक होटल व्यवसायी मृत फेला परेका छन् ।

 

पूर्व-पश्चिम राजमार्गदेखी दक्षिण तर्फ रहेको होटल अर्घाखाँची एण्ड लजका सञ्चालक ४५ वर्षीय केशवराज खनाल मृत फेला परेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

आफू सुत्ने कोठामा खनाल मृत फेला परेका छन् । घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान चलिरहेको छ ।

खनालले आत्महत्या गरेको हुन सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया