लुम्बिनी प्रदेशः पहिलो चौमासिकसम्म कुल ११.५३ प्रतिशत खर्च

दशरथ घिमिरे

 

दाङ- लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्म ११ दशमलव ५३ प्रतिशत खर्च गरेको छ ।

कुल ३८ अर्ब ९१ करोड बजेटमध्ये ४ अर्ब ४८ करोड ८० लाख ८३ हजार खर्च भएको छ । जसमध्ये पुँजीगत खर्च नौ दशमलव ७३ प्रतिशत भएको हो ।

प्रदेश सरकारको पुँजीगततर्फ २३ अर्ब ४७ करोड १४ लाख ६५ हजार बजेटमध्ये दुई अर्ब २८ करोड २७ लाख ७४ हजार नौ सय ९३ रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको नौ दशमलव ७३ प्रतिशत हो ।

चालुतर्फ १४ दशमलव २८ प्रतिशत खर्च भएको छ । चालुतर्फ १५ अर्ब ४३ करोड ८५ लाख ३५ हजार बजेट मध्ये कात्तिक मसान्तसम्म दुई अर्ब २० करोड ५३ लाख आठ हजार एक सय १७ रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षको कुल बजेटको ११ दशमलव ५३ प्रतिशत खर्च भएको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयको प्रतिवेदन अनुसार प्रदेश सभाको जम्मा १५ दशमलव ४४ प्रतिशत बजेट खर्च भएको छ । जसमध्ये चालुतर्फ १७ दशमलव ४४ र पुँजीगततर्फ बजेट खर्च हुनसकेको छैन । प्रदेश लोक सेवा आयोगको जम्मा १६ दशमलव ८० प्रतिशत बजेट खर्च भएको छ । जसमा पुँजीगततर्फ १७ दशमलव ९२ प्रतिशत र पुँजीगत तर्फको बजेट खर्च हुन सकेको छैन ।

प्रदेश योजना आयोगको जम्मा १२ दशमलव ४२ प्रतिशत बजेट खर्च भएको छ । स्थानीय तह निकासातर्फ चालु शीर्षक अन्तर्गत २१ दशमलव ८४ प्रतिशत बजेट खर्च भएको छ । यसैगरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जम्मा सात दशमलव ८६ प्रतिशत खर्च भएको छ ।

उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको जम्मा छ दशमलव ३० प्रतिशत खर्च भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जम्मा चार दशमलव २० प्रतिशत बजेट खर्च भएको छ ।

कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जम्मा ११ दशमलव ४८ प्रतिशत खर्च भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जम्मा पाँच दशमलव शून्य छ प्रतिशत बजेट खर्च भएको छ ।

वन तथा वातावरण मन्त्रालयको जम्मा नौ दशमलव ९० प्रतिशत बजेट खर्च भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको जम्मा सात दशमलव ८३ प्रतिशत खर्च भएको छ । यसैगरी युवा तथा खेलकुद मन्त्रालयको जम्मा चार दशमलव ७८ प्रतिशत खर्च भएको छ ।

सहकारी विकास तथा खानेपानी मन्त्रालयको जम्मा आठ दशमलव ९६ प्रतिशत बजेट खर्च भएको छ । सामाजिक विकास मन्त्रालयको जम्मा तीन दशमलव ८६ प्रतिशत बजेट खर्च भएको छ ।

यसैगरी स्वास्थ्य मन्त्रालयको जम्मा बजेट खर्च ३० दशमलव ४३ प्रतिशत भएको छ ।

तपाईको प्रतिक्रिया