मनोबिमर्शकर्ताहरुको साझा हक, हित र अधिकार सुनिश्चितका  लागि प्रदेश सरकारलाई ज्ञापनपत्र

 

 

देउखुरी । मनोबिमर्शकर्ताहरुको साझा हक, हित र अधिकार सुनिश्चित गर्नुको साथै मनोबिकर्शकर्ताको लागि सरकारी तथा गैरसरकारी कार्यलयहरुरद्धारा गरिएको विभेदपूर्ण विज्ञापन र नियुक्तिको बिरोधमा ज्ञापनपत्र काउन्सिलरका लागि काउन्सिलर अभियान आन्दोलन परिचालन समितिले लुम्बिनी प्रदेशका विभिन्न मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

काउन्सिलरका लागि काउन्सिलर अभियान आन्दोलन परिचालन समितिका लुम्बिनी प्रदेश संयोजक गणेश पौडेलको नेतृत्वमा लुम्बिनी प्रदेश सरकार अन्तरगत रहेको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिटिईभिटीमा ज्ञापनपत्र बुझाएको हो ।

कानुनी तथा जायज मागहरु आवश्यक तयारी पश्चात परिवर्तन गर्न चासो नदेखाएमा वा आवश्यक प्रक्रिया संचालन नगरिएमा थप आन्दोलनका कार्यक्रम संचालन गर्ने प्रदेश संयोजक गणेश पौडेलले जानकारी दिए । समितिले सामाजिक विकास मन्त्रालयमा ९, स्वास्थ्य मन्त्रालयमा ७ र सिटिइभिटीमा ५ बटा बिभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ ।

तपाईको प्रतिक्रिया