राप्ती उद्योग वाणिज्य संघको ‘तिज गित तथा नृत्य प्रतियोगिता’ मा डि–डान्स समुह प्रथम

 

 

देउखुरी । राप्ती उद्योग वाणिज्य संघले आयोजना गरेको ‘तिज गित तथा नृत्य प्रतियोगिता’ मा डिडान्ट फिटनेश स्टुडियोले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

संघले आज भालुवाङको नयाँ बसपार्कमा आयोजना गरेको तिज गीत तथा नृत्य प्रतियोगितामा डि डान्स फिटनेस स्टुडियोले ११ बटा समुहलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । डिडान्सले २० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छ । प्रतियोगितामा १२ वटा समुहले भाग लिएका थिए ।

त्यसैगरी स्टार क्लव मसुरीया द्धितृय हुदै १५ हजार र प्रमाणपत्र हात पारेको छ । आशाका किरण संस्था तितृय हुदै १० हजार र प्रमाणपत्र प्राप्त गर्दा सिर्जनशिल दिदीबहिनी समूले ५ हजार र प्रमाणपत्र सहित सान्त्वना हुन सफल भएको निर्णायक समितिका संयोजक नारायण योगीले जानकारी दिए । निर्णायक समितिमा नारायण योगी, अर्जुन पौडेल र छविलाल कोपिला रहेका थिए ।

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काको अधयक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आथित्यतामा प्रतियोगिता सम्पन्न भएको छ । संघका वरिष्ठ उपाध्यक्ष बसन्त गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण संघका महासचिव बासुदेव न्यौपानेले गरेका थिए ।

तपाईको प्रतिक्रिया