देउखुरी। राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

संघले राप्ती गाउँपालिका–१ पुल्चोकमा अवस्थित श्री स्वर्गद्धारी प्राथमिक तथा गृिहणी महिला आधारभूत विद्यालयमा अध्ययनरत ४० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो । नेपाल मोवाइल व्यवसायी महासंघको चौथो स्थापना दिवसको अवसरमा शैक्षिक सामाग्री वितरण गएिको थियो ।
राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरी बहादुर खड्काको अध्यक्षता तथा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पण्डितको प्रमुख आतिथ्यतामा शैक्षिक सामाग्री वितरण गरिएको हो । उत्त कार्यक्रमा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पण्डितले यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

नेपाल मोवाइल व्यवसायी महासंघको चौथो स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको बताउदै राप्ती मोवाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष हरी बहादुर खड्काले यो हाम्रो सानो प्रयार मात्र रहेको र भोलीका दिनमा पनि विद्यार्थीहरुलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त विद्यालयमा कक्षा १ देखि ५ सम्म अध्ययनरत विद्याथीहरुलाई कापी, पेन्सिल, इलेजरलगायतका सामग्री वितरण गरिएको थियो । संघका सल्लाहकार अशोक बेल्वासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव मोहन आचार्यले गरेका थिए ।
व्यवसायीको हकहितका लागि स्थापना गरिएको संघले विभिन्न किसिमका सामाजिक तथा मानवीय सेवामूलक कार्यहरु गर्दै आएको छ ।


तपाईको प्रतिक्रिया