
आलोक भावुक
गढवा। दाङ देउखुरीको गढवा गाउँपालिकामा ४४९ औं आधारभूत स्काउट तालिम मंगलवार देखि जनता माध्यमिक विद्यालय गढवामा सुरु भएको छ।
गढवा गाउँपालिकाको आयोजनामा शिक्षा, युवा तथा खेलकुद विकास शाखा तथा स्थानीय स्काउट गढवा गाउँपालिकाको व्यवस्थापनमा गढवा गाउँपालिका वडा नम्बर ७ स्थित जनता माध्यमिक विद्यालय गढवाको सभाहलमा ६ दिने आधारभूत स्काउट तालिम सुरु भएको हो। ४४९ औॅ स्काउट आधारभूत तालिमको उद्घाटन गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पानसमा दिप प्रज्वलन तथा ब्यानर पढेर गर्नु भएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले पछिल्लो समयमा समाज असभ्यता भन्दा अराजक्ता तिर बढी अग्रसर भएकोले त्यस्ता गतिविधिलाई विद्यालय हुदै गाउँ समाजसम्म अनुसाशनको सन्देश फैलाउन स्काउटले महत्वपूर्ण भुमिका निर्वाह गर्नेमा आफु आसाबादी रहेको बताउनुभयो। स्काउटमा अनुसाशन सिर्जनात्मक ज्ञान बिकाश भएको आफुले महसुस गरेको बताउदै ज्ञान सिप शिक्षा सबैतिर सञ्चार गर्न अनुरोध समेत गर्नु भयो। त्यसैगरी बिभिन्न कार्यक्रमहरुमा स्काउट अग्रसर भएर काम गर्ने गरेको र कार्यक्रमको सोभा समेत बढाएको महसुस गरेकोले गढवा गाउँपालिकामा पनि स्काउट लाई सोही अनुसार अघि बढाएर एउटा गहनाको रुपमा संरक्षण गर्नुपर्ने बताउनुभयो।
६ दिनसम्म चल्ने तालिमका सहभागीलाई शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भावनाको विकाससँग सम्बन्धित जानकारी गराइनेछ । साथै अनुशासन, सदाचार, नैतिकताका विषयबारे पनि सिकाइनेछ । विपद्पछिको उद्धार, राष्ट्र निर्माणमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा पनि तालिम दिइने राष्ट्रिय प्रशिक्षक रत्नस्वरी चवालले जानकारी दिनुभयो।
६ दिन सम्म चल्ने स्काउटको आधारभूत तालिमको प्रमुख प्रशिक्षकमा स्काउटको राष्ट्रिय प्रशिक्षक रत्नस्वरी चवाल रहनु भएको छ भने राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल लगायत रहनु भएको छ भने परामर्शकर्तामा कामना चौधरी र सुस्मिता राना रहनु भएको छ। ६ दिन सम्म सञ्चालन हुने आधारभूत तालिममा गढवा गाउँपालिकाका विभिन्न सामुदायिक तथा निजी क्षेत्रका विधालयका १९ जना महिला शिक्षकहरुको सहभागिता रहेको छ।
गढवा गाउँपालिका अध्यक्ष तथा स्थानीय स्काउटका संरक्षक यमनारायण शर्मा पोख्रेलको अध्यक्षता भएको कार्यक्रममा इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायब निरीक्षक दामोदर डांगी, शिक्षा, युवा तथा खेलकुद शाखाका रबिलाल माझी, गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक, राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल, जनता माध्यमिक विद्यालय गढवाका प्रधानाध्यापक राम सुरत यादव, विभिन्न विद्यालयका स्काउटकर्मी लगायतको सहभागिता रहेको थियो।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै गढवा जनता माध्यमिक विद्यालय गढवाका प्रधानध्यापक राम सुरत यादव, स्काउटका गढवा गाउँपालिका प्रमुख आयुक्त ईश्वरा पाठक, राप्ती गाउँपालिकाका प्रमुख आयुक्त छविलाल कणेल, स्थानीय स्काउट सदस्य रिता कुमारी शर्मा लगाएतले बोल्नु भएको थियो।
स्थानीय स्काउट सदस्य रिता कुमारी शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण स्थानीय स्काउट लिडर रेश्मा योगीले गर्नु भएको थियो।

तपाईको प्रतिक्रिया