
देउखुरी । रोटरी क्लव अफ राप्तीले निःशल्क पाठेघरको मुखको क्यान्सर परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
रोटरी क्लब अफ राप्तीको आयोजना, राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा क्रिमसन अस्पताल मणिग्रामको प्राविधिक सहयोगमा राप्ती २ स्थित श्री आदर्श नमुना माध्यमिक विद्यालयमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर सम्पन्न गरेको हो।
रोटरी क्लब अफ राप्तीका अध्यक्ष तपराज आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न शिविरमा एक सय जना महिलाले सेवा लिएका थिए ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सरकारले किशोरीहरुलाई एचपिभी खोप दिन सुरु गरिसकेको बताउदै यस्तो शिविरको आयोजना गर्नु क्लबको सराहनीय कार्य भएको बताए। अध्यक्ष विष्टले परीक्षण मार्फत पाठेघरको मुखको क्यान्सर हुने सम्भावना भएको अवस्थालाई ३ देखि ५ वर्ष अगाडि नै पहिचान गर्न सकिने उल्लेख गरे।
रोटरी क्लब अफ राप्तीका अध्यक्ष तपराज आचार्यले क्लबको वार्षिक कार्ययोजना अनुसार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण कार्यक्रम गरिएको जानकारी दिए। क्लवले स्वास्थ्य,े शिक्षा, खानपानी लगायत विभिन्न कायर्य योजना बनाएपनि पाठेघरको मुख क्यान्स परिक्षण कार्यक्रमलाई प्रमुख कार्यको रुपमा लिएको थियो ।

त्यस्तै, क्लबका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले पाठेघरको मुखको क्यान्सरका कारण नेपालमा दैनिक ४ जना महिलाको मृत्यु हुने आँकडालाई उद्धृत गर्दै, स्वास्थ्य पहुँच नपुगेका महिलाहरुलाई लक्षित गरी यस किसिमको शिविर आयोजना गरिएको बताए।
रोटरी क्लव अफ राप्तीले श्री आदर्श नमुना माध्यमिक विद्यालयमा छात्रा शौचालय समेत निमार्ण गरिरहेको छ ।


तपाईको प्रतिक्रिया