कुम्ले तथा पोके नियन्त्रणमा जुट्यो राप्ती उद्योग वाणिज्य संघ

 

 

देउखुरी । राप्ती उद्योग वाणिज्य संघले आफ्नो कार्यक्षेत्र भित्र कुम्ले तथा पोकेहरुलाई प्रवेशमा कडाई गर्ने भएको छ । एक हप्तासम्म व्यवसायीहरु माझ गरिएको घरदैलो अधियानबाट संकलित सुझाव अनुसार संघले कुम्ले तथा पोकेहरुलाई प्रवेशमा कडाई गर्ने अभियान सुरु गरेको हो ।

कुम्ले तथा पोकेहरुलाई प्रवेशमा कडाई गर्ने अभियान अन्तर्गत आज संघले पाखापानी र मसुरीया क्षेत्रमा अबैध रुपमा बिक्री वितरण हुदै आएको १२ वटा प्लास्टिकका कर्सी नियन्त्रणमा लिइएको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिए । व्यवसायीहरूले दिएको सुझाव अनुसार कुम्ले तथा पोके, अव्यवस्थित तथा अवैध रूपमा सामान बेच्न प्रवेश गर्ने गतिविधिमाथि थप कडाइ गरिने अध्यक्ष खड्काले बताए । अध्यक्षका अनुसार व्यवसायीहरूको सुझाव कार्यान्वयन गर्दै अभियान सञ्चालन गरिएको हो।

 

व्यवसायीहरूद्वारा दर्ता विना, बिल विना गाउँ गाउँमा सामान बेच्दै हिँडिरहेका भारतिय नागरिकहरूको निगरानी तथा नियन्त्रण गर्न अनुरोध गरिएको थियो। सोही अनुरुप संघका सचिव मोहन आचार्य र कोषाध्यक्ष बिष्णु बोहाराले दुई जना भारतीय नागरिकलाई आज कुर्सीसहित नियन्त्रणमा लिइएको संघले जनाएको छ । नियन्त्रणमा लिइएका व्यक्तिहरूलाई जरिवाना तिराई भविष्यमा यसरी अवैध बिक्री नगर्ने सर्तमा छोडिएको छ।

संघले व्यवसायीहरूलाई गाउँगाउँमा यस्ता गतिविधि देखिएमा संघलाई तुरुन्त जानकारी दिन आग्रह समेत गरेका छ ।

तपाईको प्रतिक्रिया