नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्ती गाउँपालिका गठन, संयोजकमा न्यौपाने

देउखुरी । नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्ती गाउँपालिकामा तदर्थ समिति गठन भएकोे छ ।

 

लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका बराखुट्टीमा आज भएको एक भेलाले नेपाल घरेलु तथा साना उद्योग महासंघ राप्ती गाउँपालिकाको तदर्थ समितिको संयोजकमा भरतमणी न्यौपानेलाई चयन गरेको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा दाङका अध्यक्ष लवसिंह अधिकारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलाले राप्ती गाउँपालिकाको संयोजकमा न्यौपानेलाई चयन गरेको हो ।

उक्त भेलाले सहसंयोजकमा गोकर्ण राना मगर, सचिवमा महेश बेल्वासे, सदस्यहरुमा विष्णु प्रसाद खनाल, सन्जिव श्रेष्ठ, छमी पुन, सुन्ती बुढामगारलाई चयन गरेको छ ।

त्यसैगरी महिला उद्यमी समितिको संयोजकमा विजुला केसी र सचिवमा इराधा झाक्रीलाई समेत चयन गरेको छ भने सल्लाहकारमा बासुदेव न्यौपानेलाई चयन गरेको छ ।

नवनिर्मित तदर्थ समितिले राप्ती गाउँपालिका भित्र रहेका उद्योगी तथा उद्यमीलाई समावेस गरी ६ महिना भित्र अधिवेसन गरी यस समितिलाई पूर्णता दिईने जिल्ला अध्यक्ष लवसिंह अधिकारीले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया