लोकतन्त्र दिवसमा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन

दाङ – लोकतन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरभित्र आयोजित उक्त कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपाल, लुम्बिनी प्रदेशले संयोजन गरेको हो।

कार्यक्रममा बोल्दै मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउतले लोकतन्त्र जनताको विजयको दिवस भएको स्मरण गराउँदै यसको संरक्षण र सुदृढीकरणमा सबैले भूमिका खेल्नुपर्नेमा जोड दिए।

उनले लोकतन्त्रको सुन्दरता सबैको आवाज सुन्ने र समेट्ने प्रक्रियामा रहेको उल्लेख गरे।

दीप प्रज्वलन कार्यक्रममा नागरिक समाज, पत्रकार, तथा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश सदस्य उमाकान्त पन्थ, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य ओमप्रकाश गुप्ता, महेशचन्द्र रिजाल, धर्मराज अधिकारी केशव भुसाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे।

उक्त अवसरमा वक्ताहरूले लोकतन्त्रको विकल्प फेरि लोकतन्त्र नै होझभन्ने सन्देशलाई सशक्त रूपमा प्रस्तुत गर्दै लोकतान्त्रिक प्रणालीलाई अझ मजबुत बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याएका थिए।

तपाईको प्रतिक्रिया