अर्जुनखाेला पुलबाट हाम फालेका पुरुषको उद्धार

दाङ- दाङस्थित पूर्वपश्चिम राजमार्ग अन्तर्गत अर्जुनखाेला पुलबाट हाम फालेका एक जना व्यक्तिलाई उद्धार गरिएको छ ।

 

सशस्त्र प्रहरी बल नम्बर ४१ रिजर्भ गण अर्जुनखाेला, नेपाली सेना र नेपाल प्रहरीकाे संयुक्त टाेलीले पुलबाट हाम फालेका व्यक्तिकाे उद्धार गरेर उपचारको लागि लमही अस्पतालमा पुर्‍याइएकाे सशस्त्र प्रहरी अर्जुन खाेलाका डिएसपी टेकराज पाेख्रेलले जानकारी दिए ।

भोजपुर साल्पासिलिछो गाउँपालिका९५ दोभान निवासी २३ बर्षिय साजन राई अर्जुन खोलाको पुलबाट हाम फालेर घाइते भएका छन। पुर्व भोजपुरका राई के कारणले यहाँ आईपुगे र पुलबाट हाम फाल्नुको कारण खुल्न सकेको छैन।

तपाईको प्रतिक्रिया