लमही अस्पताल स्तरबृद्धिको पहल

लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको नेतृत्वमा रहेको एक प्रतिनिधि मण्डलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसंग भेट गरेको छ ।

 

लमही अस्पतालको स्तरबृद्धिगरी एक सय शैयाको बनाउनकालागि मुख्यमन्त्री आचार्य संग भेट गरेको हो । संघीय सरकारबाट भौतिक पूर्वाधार र उपकरणकालागि माग गर्ने, ट्रमा सेन्टर र लमही अस्पताललाई संयुक्तरुपमा अघि बढाउने बारेमा छलफल भएको थियो ।

मुख्यमन्त्री आचार्यले लमहीमा सुविधा सम्पन्न ट्रमा सेन्टर र अस्पताललाई एक अर्कासंग जोडिनेगरी अघि लैजाने बारेमा प्रदेशले नीतिगत निर्णय लिने बताउनु भएको थियो । नगर प्रमुख चौधरीले लमही अस्पतालको स्तरबृद्धिकालागि निर्णय गर्न अनुरोध गर्नु भएको छ ।

प्रदेश सरकारले दुई सय शैयाका अस्पताललाई स्वीकृती र सञ्चालन गर्ने अधिकार राख्नेगर्दछ । भेटमा समाजसेवी मधु न्यौपाने, बासुदेव जंगली, प्रदिपराज शर्मा, घनश्याम सुवेदी, तिलक न्यौपाने, अशोक खड्का लगायत सहभागी हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया