भारतको बहराइचमा स्कार्पियो दुर्घटना: दाङका तीन जनाको मृत्यु

दशरथ घिमिरे

 

दाङ- दाङको तुलसीपुरबाट भारतको अयोध्या तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो |

तुलसीपुर- ७ का वडा अध्यक्ष रामबहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर- ७ पर्सेनी निवासी अन्दाजी ३७ वर्षीय युवराज चापागाईसहित तीन जनाको मृत्यु भएको छ ।

एक जनाको घटनास्थलमा र दुई जनाको भारत बलरामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्थानीय पत्रकार रुपचन्द्र गुप्ताले जानकारी दिए । उनका अनुसार घाइतेहरूको उपचार भइरहेको छ । अन्य मृतकहरूको पहिचान खुलिसकेको छैन ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भारतीय दुतावाससँग सम्पर्क गरेर घटनाबारे बुझिरहेको एसएसपी जनार्दन जिसीले बताए ।

तपाईको प्रतिक्रिया