सम्पादक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित

 

 

 

नेपाल टेलिभिजनका सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तारमा पत्रकारिताको माध्यमबाट समाजमा सकारात्मक सुधार गरेको भन्दै सम्पादक सुवेदीलाई यस बर्षको नेशनल हेल्थ अवार्डबाट सम्मान गरिएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा स्वास्थ्य दर्पण मिडिया नेटवर्कको नवौं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवले सम्पादक सुवेदीलाई उक्त अवार्ड प्रदान गर्नुभयो । कार्यक्रममा संवोधन गर्नुहुँदै पूर्व राष्ट्रपति यादवले स्वास्थ्य क्षेत्रको सचेतना र अभिमुखीकरणमा स्वास्थ्य पत्रकारिताको ठूलो भुमिका रहेको समेत बताउनुभयो ।

सो अवसरमा वरिष्ठ पत्रकार एवं स्वास्थ्य दर्पणका संरक्षक किशोर नेपालले स्वास्थ्य दर्पण मिडियाले नेपालको सुगमदेखि दुर्गमसम्मका बिरामीको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्य क्षेत्रमा योगदान पुराएका पत्रकारहरुको मुल्यांकन गरेर विगत ९ वर्षदेखि सम्मान गर्दै आएको बताउनुभयो ।

स्वास्थ्य दर्पण मीडिया नेटवर्कका अध्यक्ष सन्दीप कुमार श्रेष्ठले नेपालमा स्वास्थ्य क्षेत्र र स्वास्थ्य पत्रकारिता दुबैको प्रवद्र्धन , प्रोत्साहन र समृद्धि को हेतुले स्वास्थ दर्पण मिडिया नैटवर्कले अवार्ड गर्दै आएको बताउनु भयो ।

अवार्ड कार्यक्रममा स्वास्थ्य क्षेत्रमा योगदान दिनुहुने नेपालका ७ प्रदेशमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मी ,स्वास्थ्य संस्था , पत्रकार सहित अमेरिका र युरोपमा कार्यरत चिकित्सकसहित २४ जनालाई सम्मानित गरिएको थियो ।।

तपाईको प्रतिक्रिया