देउखुरीमा ‘स्वदेशमा रोजगारी खोजौं, प्रतिभा पलायन रोकौं’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

देउखुरी । माध्यमिक विद्यालय शिक्षक संघ, नेपाल जिल्ला कार्यसमिति दाङको आयोजनामा देउखुरी क्षेत्रस्तरीय ‘स्वदेशमा रोजगारी खोजौं, प्रतिभा पलायन रोकौं’ विषयक वक्तृत्वकला प्रतियोगिता शुक्रबार आदर्श माध्यमिक विद्यालय, देउपुरमा सम्पन्न भएको छ ।

 

माध्यमिक विद्यालय शिक्षक संघ देउखुरीका अध्यक्ष ठाकुर खनालको अध्यक्षता तथा आदर्श माध्यमिक विद्यालय, देउपुरका प्रधानाध्यापक कुलचन्द्र पौडेल प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद चौधरी विशिष्टि आतिथ्यतामा सम्पन्न भएको हो ।

देउखुरीका १४ विद्यालयका १८ विद्यार्थी प्रतियोगितामा सहभागी भए । जस मध्ये माध्यमिक विद्यालय मौरीघाट प्रथम, आदर्श माध्यमिक विद्यालय देउपुर द्वितीय, जनता माध्यमिक विद्यालय गढवा तृतीय, र ज्ञानोदय माध्यमिक विद्यालय पत्थरगढवा सान्त्वना स्थान हासिल गर्न सफल भए ।

निर्णायकहरूमा देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक हरेकृष्ण ज्ञवाली, उपप्राध्यापक विनोद भट्टराई र नागरिक समाजका संयोजक निमबहादुर थापा हुनुहुन्थ्यो । विजयी विद्यालयलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि कुलचन्द्र पौडेल, विशेष अतिथि ज्ञानप्रसाद चौधरी, निर्णायक संयोजक हरेकृष्ण ज्ञवाली, निर्णायक विनोद भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो ।

शिक्षक वसन्तराज अधिकारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव वासुदेव रिजालले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया