स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

 

 

देउखुरी । राप्ती गाउँपालिका १ पुल्चोकमा अवस्थित श्री स्वर्गद्वारी प्राथमिक विद्यालय तथा गृहणी महिला आधारभूत विद्यालयको १९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सामबार सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बासुदेव पण्डितको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्मन्न कार्यक्रममा बोल्दै अध्यक्ष विष्टले विद्यालयले यस क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको मेहनतको प्रशंसा गर्दै, विद्यालयमा रहेका विभिन्न समस्याको समाधानका लागि गाउँपालिका प्रमुखको हैसियतले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सबिता चौधरीले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विद्यालयले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मानस्वरूप कपी, पेन्सिल तथा अन्य शैक्षिक सामाग्री प्रदान गरेको थियो भने विद्यार्थीहरूद्वारा विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि वडा १ का वडाध्यक्ष गेम बहादुर खड्का, शिक्षा शाखा प्रमुख विश्वास विक, कृष्ण बहादुर टोलाङ्गी, पूर्ण बहादुर खत्री, राप्ती उद्योग वाणिज्य संघका महासचिव बासुदेव न्यौपाने, सञ्चारकर्मी महेश रिजाल, कर्ण बहादुर पौडेल, लिटिल एन्जल बोर्डिङ स्कुलका प्रधानाध्यापक शोभाकर भुसाल, रामजहदि सामुदायिक वनका अध्यक्ष दिल्ली प्रसाद सुवेदी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा शिक्षाप्रेमीहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

 

तपाईको प्रतिक्रिया