दाउन्नेमा सडक भासियो

दाङ –पश्चिम नवलपरासी जिल्लाको दाउन्ने क्षेत्रमा पर्ने खुर्सानिखोला नजिक पूर्व पश्चिम लोकमार्ग भासिदा यातायात अवरुद्ध भएको छ। बेलुका साढे ५ बजेको समयमा राजमार्ग भासिदा सवारी साधनहरु आवत जावत पूर्णरुपमा बन्द भएको छ।

 

दुई दिन अघिदेखि लगातार परेको पानीका कारण राजमार्ग भासिएको र आवागमन बन्द भएको बर्दघाट ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपेन्द्र कुमार बानियाले बताए। राजमार्गमाथिको भागमा विद्युतको हाईटेन्सनको पोलसमेत ढलेको छ।

तपाईको प्रतिक्रिया