बासुदेव न्यौपाने ।
चुनाव नजिकिए सँगै चुनावको माहोल पनि बढ्दै गएको स्पष्ट रुपमा देख्न सकिन्छ । आइतबार विहान चुनावको माहोल के छ भन्दै राप्ती गाउँपालिका वडा नं. २ को लालमटिया चोकमा पुगे ।
केही युवाका साथमा बुद्धिजिवीहरुको चियाको चुस्की सँगै चुनावको विषयमा गफिंदै थिए । म पनि त्यही समुहमा प्रवेश गरे । कसले जित्छ एकिनका साथ भन्न नसकिने भन्दै युवाहरुले यस पटक हरेक क्षेत्रबाट युवालाई जिताउनु पर्नेमा जोड दिदै थिए ।
गफ चल्दै थियो । दाङ क्षेत्र नम्बर १(१) का प्रदेश सभा सदस्य गंगाराम भट्टराई सवार गाडी लालमटिया चोक हुदै पुर्व तर्फ लाग्यो । गाडी कालिका चोक नजिकै गएर रुक्यो ।
चिया गफलाई विट मार्दै म उम्मेदवार भए तर्फ लागे ।
आइतबार बिहान नेकपा एमालेको तर्फबाट दाङ क्षेत्र नम्बर १(१) का प्रदेश सभा सदस्य गंगाराम भट्टराईको लालमटिया क्षेत्रमा चुनाव प्रचार गर्ने कार्यतालिको तालिका रहेछ ।
विभिन्न संघ संस्थामा रहेर सामाजिक कार्य गर्दै आएका भट्टराई हातमा प्रचार सामग्रीसहित बिहान ७ः३० बजे राप्ती २, कालिका चोकमा आइपुगेका थिए । उनको साथमा अन्य तीन जना पुष्पराज अधिकारी, गिरीराज पौडेल र जगत खनाल पनि उपस्थित थिए । हातमा प्रचार सामग्रीसहित उनिहरु गन्तव्य स्थल तर्फ प्रस्थान गर्ने तयारी गर्दै थिए ।
उनीहरुको हातमा संक्षिप्त घोषणापत्र, उम्मेदवारको प्रतिबद्धता र उम्मेदवारी किन लगायतका प्रचार सामग्री छन् । बिहानको ७ः३० बजे गंगारामको चुनावी प्रचार सुरु भयो ।
गंगारामको पहिलो भेट स्थानीय पदम रिजालसँग भयो । मत माग्दै गएका गंगारामलाई टाढै बाट नमस्कार गर्दै जितको शुभकामना गर्दै भने –‘हामी हाम्रो तर्फबाट लगिरहेका छौं, तपाईको जित सुनिश्चित छ ।’
यसपछि गंगारामसहितको प्रचार टोली मत माग्दै लक्षित स्थान रामनगर तिर अघि बढ्यो ।
रामनगर प्रवेश गर्नासाथ स्थानीय धेरैले गंगारामलाई स्वागत गरे । सायद सामाजिक क्षेत्रमा धेरै भिजेका कारण पनि उनी स्थानीयका लागि अपरिचित अनुहार थिएनन् । मत दिने प्रतिबद्धता जनाए । उनलाई आश्वस्त पार्दै स्थानीयले भने, ‘स्थानीय चुनावमा अन्य पार्टीलाई दियौं । अहिले तपाईंलाई नै हो ।’ यस पटक नयाँले जित्नु पर्छ’ उनिहरुको तर्क थियो ।
रामनगर क्षेत्रमा गंगारामको टोली रफ्तारमा थियो । बाटोमा भेटिएका मतदाता र कुरा गर्न चाहनेलाई उनले आश्वस्त पार्ने कोसिस गर्थे । मतदातासँग उनको एउटै आग्रह थियो, ‘तपाईंको मत असल व्यक्तिले पाओस् ।’
स्थानीय मतदातालाई गंगारामले नेतृत्व गरेको दलको नाम सायद कमैलाई मात्र थाहा थिएन होला । तर, गंगाराम परिचित अनुहार भएकाले उनले केहीलाई मात्रै ‘म एमालेको तर्फबाट प्रदेश सभा सदस्या उम्मेदवार गंगाराम’ भने पुग्थ्यो ।
राजनैतिक नेतृत्वबाट समाज विकास, सुशासन, पारदर्शिता, जवाफदेहीता, सेवाप्रवाहमा चुस्तता कायम गराउदै लुम्विनी प्रदेश राजधानी ब्यवस्थापन तथा अविलम्व कार्य सम्पादन संचालनकालागी उम्मेदवारी रहेको बताएदै मत मागे ।
चुनावी प्रचारका क्रममा उनले कसैलाई पनि आफुले गर्न नसक्ने झुठ्ठा आश्वासन दिएन । उनका एजेण्डालाई समर्थन गर्दै रामनगर बासीले अरूलाई पटक–पटक हेरिएको सुनाउँदै यसपटक नयाँ उम्मेदवारलाई मत दिने सोच बनाएको सुनाए ।
साविक सिसहनिया गाविसको राजनितीक संयन्त्रमा समेत रहेर विकास निर्माणको कामलाई नजिकबाट नेतृत्व गर्ने अवसर पाउएका थिए गंगारामले । यतिमात्रै होइन सिंगो देउखुरीको आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधार विकासमा उनले भूमिका खेलेका छन् । अभियानहरुको नेतृत्व गरेका छन् । नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य हुदै साविक लालमटीयाको सभापति समेतको जिम्मेवारी निभाउदै उति बेला उनको नेतृत्वमा भारतीय दुतावासबाट एम्बुलेन्स समेत प्राप्त भएको र हाल समेत सञ्चालनमा छ ।
‘तपाई जुझारु युवा हो, भोट तपाईंलाई दिने हो । जसरी पनि जित्नुस् ।’ जीवन पौडेलको कुरा सुनेर गंगाराम उज्यालो अनुहार लगाए । जीवनलाई धन्यवाद दिए । जीवन पौडेलको घरबाट निस्कदै गर्दा कुलो पारीका रहेका एक युवासँग मत माग्दै गंगारामले भने ‘भोट कसलाई दिने तपाईंहरूको अधिकार हो । असल व्यक्ति छान्नुहोला ।’ ति युवाले भने, ‘यसपटक तपाईंलाई ।’
घरको आगनमा गफिदै गरेका दुई भाई जोरमान मियाँ र जुम्मन मियाँको घरमा टोली मत माग्न पुग्यो । सामाजिक कार्यमा खेल्नु भएको महत्वपूर्ण योगदानको कदर गर्दै दुबैले एक श्वरमै मत दिने विश्वास दिलाए ।
सिसहनिया स्वास्थ्य चौकीको स्तर बृद्दि र सेवा सुविधा थपको लागि समेत भट्टराईले लिएको पहल कदमीले सार्थकता पायो । कुनै बेला सिसहनिया स्वास्थ्य चौकीले थालेको नवजात शिशुको लागि न्यानो कपडा कार्यक्रम देशभर नमुना बन्न पुगेको हो । प्राथमिक स्वास्थ्य केन्द्र लमहीको स्तरबृद्दि गरि अस्पताल निर्माण गर्ने, लमहीमा मालपोत, नापी कार्यालय स्थापना गर्न थालिएको पहलमा समेत भट्टराई अग्र पंक्तिमा रहेका छन् ।
नेपाल सरकारले गठन गरेको अव्यवस्थित वसोवास आयोगको जिल्ला अध्यक्ष समेत हुनु भएका भट्टराईले आफ्नो कार्यकालमा भूमिहिन किसानलाई जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रिया थालेको थिए । तर, आयोग विघटन भएपछी उति बेला त्यो जिम्मेवारीले पूर्णता पाउन सकेन ।
मत माग्दै टोली राप्ती १, पाखापानीमा पनि प्रवेश ग¥यो । ‘न्याय हराएको देशमा न्याय चाहीयो, गफ होइन विकास प्रेमी नेता चाहीयो’ ममता सुवेदीले भनिन– ‘धेरै पटक मतदान गर्यो खै हामीले के पायौं, यस पटक तपाईलाई हामीले किन मत दिने ?’ उनले प्रश्न गरिन ।
आइतबार बिहानदेखि मध्यान्हसम्म गंगारामलाई पिछा गर्दा उनीप्रति शुभेच्छा राख्नेहरू उल्लेख्य मात्रामा भेटिए । बिहानको प्रचार सकियो ।
चुनावी एजेण्डाका विषयमा छोटो भलाकुसारी गर्दै म पनि विदा भए ।
सोच: जनताको आर्थिक सवलताका लागि योजना बद्ध पुर्वाधार निर्माण÷ कृषि उत्पादकत्वमा बृद्धि तथा सुशासन युक्त संस्थागतको विकास गर्दै लुम्बिनी प्रदेश नमुना राजधानी निर्माण गरी प्रभावकारी जन प्रशासन तथा सेवा संचालन गराइ सुन्दर स्वस्थ शहरको निर्माण गरी यस क्षेत्रका जनताहरुको आर्थिक सामाजिक सांस्कृतिक र राजनैतिक विकासमा विद्यमान स्रोत र साधनको प्रयोग गर्दै रचनात्मक जन सेवकको भुमिका निर्वाह गर्ने ।
रणनीतिः दाङ जिल्ला प्रतिनिधि तथा प्रदेश सभा क्षेत्र १ (१) का सजग क्षमतावान र युवा नेतृत्व खोजका लागि परिवर्तनका संवाहक आदरणीय सबै मतदाताहरुलाइ नेकपा एमालेको सुर्य चिन्हमा मतदान गराइ प्रतियोगी उम्मेदवारहरुलाइ अत्याधिक मतले विजय गराउन सबै सामुदायिक नेतृत्व र आम मतदाताहरु संग अपिल गरी आफ्ना नीति तथा कार्यक्रमहरु प्रतिवद्धता बमोजिम कार्य सम्पादन गरी आम जनता प्रति उत्तरदायि र प्रतिवद्ध रहने।
लक्ष्य/ उदेश्यः
१. अविलम्व गुरु योजना बमोजिमको प्रदेश राजधानि निर्माण गरी नागरिक सेवा संचालनका लागि राजनैतीक ÷संस्थागत तथा ब्यवस्थापकिय भूमिका निर्वाह गर्ने र सोही बमोजिमका पुर्वाधार निर्माणमा जोड दिने ।
२. देउखुरी क्षेत्रका सम्पुर्ण गरिखाने बर्गका लागि आर्थिक संमृद्धि र सामाजिक समानताका लागि स्वरोजगार र उद्यमसिलताका कार्यक्रम बार्षिकरुपमा कम्तिमा २० वटा साना ठुला आयोजनाहरु संचालन गरी विद्यमान युवा बेरोजगारी लाई क्रमश घटाउदै लगि प्रति ब्यक्ति आम्दानी बृद्धिका लागि सहयोग पुर्याउने ।
३. देउखुरी क्षेत्रमा रहेका संघ प्रदेश तथा पालिकास्तरवाट प्रवाह हुने सेवा र नागरिक सहभागिता लाइ जनमैत्री तथा प्रविधियुक्त बनाइ सुशासन र पारदर्शिता कायम गरी जन प्रशासनको क्षमता विकास गरी जनतामा सरकारको अनुभुति प्रदान गराउदै देउखुरी क्षेत्रको सन्तुतित बिकासका आयोजनाहरु जन सहभागितामा सन्चानल गर्ने ।
आर्थिक विकास नीतिः
१. ‘’जनताको आर्थिक को आधार कृषि पर्यटन र पुर्वाधार” भन्ने मुल नाराका साथ पालिका स्तरीय कृषि उत्पादन बृद्धिका लागि पकेट क्षेत्र निर्धारण गरी निजी सहकारीका माध्यम बाट कृषि औजार तथा प्रविधिहरुको प्रयोग गरी उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि अनुदान सहितका विशेष कार्यक्रम संचालन गरिनेछ ।
२. किसानका सम्पुर्ण कृषि उत्पादनहरु नीजि तथा सहकारी मार्फत खरीद गरी उपयुक्त बजार ब्यवस्थापन तथा प्रशोधनका लागि लघु उद्यम तथा साना उद्योग सचालनका लागि प्रोत्साहन अनुदान सहयोग गरिनेछ ।
३. कृषि क्षेत्रमा विउ विजन संरक्षण/खाद्य भण्डार तथा वितरणका लागि कृषि सहकारीको माध्यम बाट सुलभ एग्रोभेट, विउ विजन बैक स्थापना गरिनेछ साथै कृषि अध्ययन विद्यालयहरु लाइ अनुसन्धान/परिक्षण र प्रविधि विकासका लागी सहयोग कार्यक्रम संचालन गर्ने नीति अवलम्वन गरीनेछ ।
४. वार्षिकरुपमा कम्तिमा ३ वटा साना तथा लधु उद्यम उद्योगहरु नीजि तथा सहकारीको लागत सहभागितामा स्थापना गराइ स्थानीय युवा रोजगार सृजना गरीनेछ ।
५. बैदेशिक रोजगारीलाइ निरुत्साहन गरी वैदेशिक ज्ञान सीप प्रयोग प्रोत्साहनका लागि “गरिखाने बर्ग प्रोत्साहन कार्यक्रम” संचालन गरिनेछ ।
सामाजिक विकास नीतिः
१. संविधानमा उल्लेखित जनताका मौलिक अधिकारहरुको सुनिश्चितताका लागि संघ र प्रदेश सरकारको भुमिकामा रचनात्मक भुमिका निर्वाह गर्दै शिक्षा,स्वास्थ, खानेपानी र रोजगारीलाइ प्राथमिकरण गरी जनताको आर्थिक जीवन स्तरमा सुधार गर्नुका साथै सामाजिक र राजनैतिक सहभागिता सुनिश्चित गराइ आगामि ५ बर्षमा कम्तिमा यस प्रदेशका ५० प्रतिशत घरपरिवारलाइ विपन्नताको रेखा बाट माथि उठाइनेछ।
२. दाङ जिल्ला प्रदेश १ (१) मा पर्ने तीन मा.वि विद्यालयलाई गुणस्तरीय शिक्षा सहितको नमुना विद्यालय बनाउने नीति लिइ राप्ति प्राविधिक शिक्षालयको प्राविधिक शिक्षालाइ प्रोत्साहन गरी हालै अबेवस्थित स्तानान्तरण भएको शिक्षालयलाइ तुरुन्त आवश्यक पुर्वाधार र प्रशासनिक क्षेत्रको ब्यवस्थापन गरी प्राविधिक शक्षा र युवा सीप विकासका तालिमहरु नियमित संचालन गरिनेछ ।
३. नागरिक स्वास्थ्य अधिकार राज्यको दायित्व र ‘’स्वास्थ्य नै धन हो” भन्ने मुल नाराका साथ सबै पालिकाहरुमा परिवार स्वास्थ्य चिकित्सक कार्यक्रम लागु गराइनुका साथै प्रदेश स्तरीय अस्पताल तथा ट्रमा सेन्टरको निर्माण तिब्ररुपमा सम्पन्न गरी कम्तिमा बाल /स्त्रिरोग र दिर्धरोग विशेषज्ञ स्वास्थ्य सेवा तत्काल सचालनका लागि पहल गरिनेछ।
४. यस निर्वाचन क्षेत्रका सबै पालिकाहरुका विपन्न परिवारहरुका लागि निःशुल्करुपमा स्वास्थ्य विमा कार्यक्रममा सहभागि हुने ब्यवस्था मिलाउन नीतिगत ब्यवस्था गरिनेछ ।
५. लैङ्गिक समानता र सामाजिक समाबेशिकरणको आधारमा महिला,बालवलिका,जेष्ठ नागरिक, अपाङ्गहरुको सहभागिता उनिहरुको क्षमता विकास संगै स्वारोजगार बनाउने विशेष कार्यक्रम विषयगत मन्त्रालय मार्फत संचालनमा ल्याइनेछ ।
६. प्रदेश निर्वाचन क्षेत्र स्तरीय एक सुविधा सम्पन्न बहुउपयोगी (सीप विकास /सुचना केन्द्र/खेलकुद/मनोपरामर्ष सेवा आदि सेवा प्रदान गर्ने ) सभाहल स्थापना गरिनेछ।
७. लगत लिन छुट भएका मुक्त कमैयाहरुको लगत लिइ परिचय पत्र प्रदान गरी आत्मनिर्भर मुक्त कमैया कार्यक्रम संचालन गरिनेछ। भुमिहिन सुकुम्वासी र अब्यवस्थित बसोवासीलाइ आवश्यक प्रकृया पुरा गरी जग्गा धनी प्रमाण पत्र उपलब्ध गराइनेछ।
८. मानसिक स्वास्थ्य/युवा खेलकुद/मनोरञजन/प्रतिभा पहिचान जस्ता कार्यक्रम संचालनका लागि आवश्यक पुर्वाधार विकास र प्रदेश स्तरीय प्रतियोगिताहरु सचालन गरीनेछ ।
पुर्वाधार विकास नीतिः
१. प्रदेश निर्वाचन क्षेत्र भित्रका पालिकाहरुको पुर्व पश्चिम राजमार्ग र कालाकाटे देखी बाँके सडक संग जोडिने सबै भित्री मुल सडकहरु ५ बर्ष भित्र क्रमश कालोपत्रे गरिनेछ साथै भित्रि मुल सडकहरुमा जोडिने कृषि लगाएत अन्य महत्वपुर्ण सबै सडकहरुको स्तरोन्नति गरी सबै पालिकाहरुमा सडक संजाल विस्तार गरिनेछ।पालिकाका सबै वडाहरुमा पुर्ण विद्युतिकरण गरी उज्यालो सफा र सुन्दर पालिका बनाउने नीति तथा आयोजना संचालन गरिनेछ ।
२. प्रदेश सरकारले नमुना राजधानी निर्माणका लागि स्वीकृत गरेको गुरु योजना बमोजिमको नीति अवलम्बन गरी तत्काल भु उपयोग नीति तयार गरी अविलम्व कार्यान्वयन प्रकृयामा जोड दिइनेछ।साथै नेपालमा पहिलो नदि तटिय क्षेत्रमा एक राष्ट्रिय एयरपोर्ट निर्माणका लागि पहल गरिनेछ ।
३. संघ/प्रदेश र स्थानीय सरकार तथा दातृनिकायहरुको आर्थिक सहयोग र सहकार्यमा यस निर्वचन क्षेत्रमा रहेका राप्ति नदि तथा अन्य साना नादि तथा खोलाहरुमा प्राथमिकरणका आधारमा सो क्षेत्रहरुमा पुल निर्माण तथा तटबन्धन गर्ने आयोजनाहरु संचालन गरिनेछ।
४. प्रदेश निर्वाचन क्षेत्र भित्र पर्ने नेपाल–भारत सिमा नाका क्षेत्रका गाउँ बस्तिहरुको शिक्षा/स्वास्थ्थ/खानेपानी र पुर्वाधार निर्माण तथा विकासका लागि एकिकृत कार्यक्रमहरु संचालन गरिने नीति लिइनेछ।
५. राप्ति नदि सभ्यता देउखुरीको गहना भन्ने मुल योजना अनुरुपमा नदी करिडोर निर्माण गरी प्रकृतिक संरक्षण जैविक विबिधतालाइ कायम गरी पर्या–पर्यटनको प्रबर्धन गर्दै प्रभाबकारी नमुना कृषि सिचाइको ब्यवस्था मिलाइनेछ।साथै बैज्ञानिक प्रदेश स्तरीय भूउपयोग नीति निर्माणका लागि पहल गरिनेछ।
पर्यटन तथा सांस्कृतिक विकास नीतिः
१. लुम्बिनी प्रदेश क्षेत्रमा भैगोलिक/धार्मिक तथा कला सांस्कृतिहरु संरक्षण संम्बर्धन गरी बाह्य तथा आन्तरिक पर्यटनको विकास गरी आर्थिक विकास अभिबृद्धिका लागि लुम्विनी – देउखुरी – स्वर्गद्वारी भ्रमण गराइ चुरे र राप्ति नदी सभ्यता विकास गरी मनोरञ्जन र पर्यटन लाइ सहयोग पुग्ने कार्यक्रम तथा आयोजनाहरु संचालन गरीनेछ ।
२. धार्मिक/भाषा/कला सांस्कृतिक र साहित्य उन्नयन विकास र संरक्षण गर्दै पहिचान सहितको थारु र अन्य जातजातिहरुको ब्यवसायिक पर्यटनको गरिनेछ। साथै उनिहरुको परम्परागत नेपाली अर्गानिक परिकारहरु उत्पादन प्रर्वधन गराइ ब्यवसायिक विक्रि वितरणका लागी कृषि मार्ट संचालनका लागि आवश्यक ब्यवस्था मिलाइनेछ।
३. यस निर्वाचन क्षेत्र भित्र रहेका एतिहासिक धार्मिक सास्कृतिक एवं पुरातात्यिक महत्वका सम्पदाहरुको जिर्णोउद्धार संरक्षण र सम्वर्धन गर्दै यस राजधानी क्षेत्रका प्रमुख द्धारहरु तथा भवनहरुमा थारु सांस्कृतिक टर्मिनल तयार गरी पर्यटन प्रर्बधनमा जोड दिइनेछ ।
४. देउखुरी चक्रपथमा सार्बजनिक सवारी यातायात लाइ सुविधायुक्त र सुलभ बनाउन नीजि सहकारीको माध्यमवाट बिद्युतिय बस सन्चालन गरी विद्यार्थि/जेष्टनागरीक/महिला तथा वालवालिकाहरु लाइ सहुलियत भाडा कायम गरी सुविधा प्रदान गरीनेछ ।
वन वातावरण /सरसफाइ तथा विषद् ब्यवस्थापन नीतिः
१. प्राकृतिक सम्पदाको संरक्षण गर्दै जलबायू अनुकुलन/वातावरण संरक्षणका लागि एक पालिका एक हरित पार्क निर्माण का लागि सहयोग तथा समन्वय गरिनेछ।
२.फोहरमैला तथा ढलनिकास ब्यवस्थापनका लागि बैज्ञानिक प्रशोधन केन्द्र स्थापनाका लागि नयाँ प्रबिधिहरुको प्रयोग सम्वन्धमा दातृ निकायहरुको अनुभव संकलन गरी नीजि तथा सामुदायिक लगानीका लागि नीतिगत पहल गरी यस क्षेत्रका पालिकाहरुलाइ ब्यवस्थापन र कार्यान्वयनका लागि समन्वय गरिनेछ ।
३. देउखुरी क्षेत्र भित्रका पालिकाहरु सगको समन्वयमा एक अत्याधुनिक प्रविधिमैत्री आपतकालिन कार्य संचालन केन्द्रको स्थापन गरी विपद् ब्वस्थापन र विपत् प्रतिकार्य क्षमता अभिबृद्धि गर्ने ।
संस्थागत विकास तथा सुशासन नीतिः
१. संघ/प्रदेश र स्थानीय तह वाट प्रवाह हुने सबै सेवाहरु प्रविधिमैत्री बनाइ सहज र सरल रुपमा जनतामा सेवा प्रवाह पुर्याउन संस्थागत सुशासन नीति अवलम्वनका लागि पहल गरिनेछ। राजनैतिक सुशासन तथा विकासका लागि विज्ञहरुको सल्लाहकार सुझाव तथा जन सम्पर्कका लागि संघ /प्रदेश जनप्रतिनिधि समन्वय केन्द्रको देउखुरीमा स्थापन गरी सुशासन पारदर्शिता र जवाफदेयिता सुनिश्चिता गरनेछ।
३. प्रदेश स्तरीय सामुदायिक युवा स्वयंसेवक कार्यक्रमको नीति तयार गरी स्थानीय सरकार मार्फत “म बनाउछु मेरो पालिका कार्यक्रम” संचालन गरिनेछ जसले प्रदेश सरकारको नीति तथा कार्यक्रमहरु लाइ जनता समक्ष पुर्याइ नतिजामुखी कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउनेछ ।
४. प्रदेश तथा स्थानिय सरकारको हरेक आयोजना तथा कार्यक्रमहरुलाइ दिगो विकासका लक्ष्यहरु संग जोड्दै समाजिक समाबेशिता÷लैङ्गिक समानता÷ बालमैत्री /वातावरण मैत्री र अपाङ्गमैत्री पालिकाहरु क्रमश घोषित गर्न सहयोग गरिनेछ।
५.विशेष गरी विद्यार्थी/महिला/जेष्ठनागरीक/अपाङ्ग /बालवालिका तथा विपन्न बर्गहरुको सुलभताका लागि गाउँ नगर विद्युतिय सार्वजनिक बस संचालनमा ल्याइनेछ।
६. माथि उल्लेखित विषयगत प्रतिबद्धता तथा योजनाहरु लुम्विनि प्रदेश सरकार/नीजि सार्बजनिक सझेदारी/जन समुदाय र गैर सरकारी सस्थाहरुको समन्वय सहयोगमा कार्यान्वयन गरीनेछ।विशेष गरी यस क्षेत्रको एकिकृत विकासको गुरु योजना तयार गरी क्रमश संघ/प्रदेश सरकार र दातृनिकायहरुको समन्वयमा आयोजनाहरु संचालन गरिनेछ ।
तपाईको प्रतिक्रिया