दाङ – लुम्बिनी प्रदेश सभा सदस्यमा नियुक्त रेवती गुरुङले पद तथा गोपनियताको शपथ लिएकी छन्। सोमबार लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरसमक्ष गुरुङले शपथ लिएकी हुन्।

रुकुमबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्य रहेकी सरिता पुनको निधनपछि रिक्त रहेको सदस्य पदमा एमालेकी रेवती गुरुङ नियुक्त भएकी हुन्।
निर्वाचन आयोगको मंसिर ११ को निर्णयअनुसार निधनका कारण रिक्त भएको स्थानमा गुरुङलाई नयाँ सदस्य घोषणा गरिएको हो। रुकुमपूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१०, तकसेराकी ३२ वर्षीया सरिता पुनको गत भदौ १४ गते उपचारका क्रममा निधन भएको थियो।
पुनको निधनपछि रिक्त भएको समानुपातिक सूचीमा महिलाअन्तर्गत आदिवासी जनजाति कोटाबाट प्रतिनिधित्व गर्ने क्रमअनुसार रुपन्देहीको देवदह नगरपालिका–५ निवासी रेवती गुरुङलाई मनोनयन गरिएको हो।
लेखकको बारेमा

तपाईको प्रतिक्रिया