रोटर क्लव राप्तीद्धारा खुल्ला रक्तदान कार्यक्रम, ३० जनाले गरे रक्तदान

देउखुरी । राप्ती गाउँपालिका वडा नं. १ निवासी रामु पोख्रेलले हालसम्म २१ पटम रक्तदान गर्नु भयो । पहिलो पटक रक्तदान गर्दा सुरुमा डर लागेको थियो अनुभव सुनाउदै पोख्रेलले भन्नु भयो ‘जीवनमा महत्वपूर्ण दान भनेको रक्तदान हो भन्ने लागेर रक्तदान गरे । मैले गरेको रक्तदानले कसैको जीवन रक्षा हुन्छ भने किन नगर्ने ? ’ उहाँले भन्नु भयो ।

 

पोख्रेल जस्तै पछिल्लो समय रक्तदाताको नयाँ संख्यामा पनि बृद्धि भएको छ । दाङको राप्ती गाउँपालिका वडा नं. १ पुल्चोकमा सनिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिए । जसमा ५ जना महिलाले रक्तदान गरेका थिए ।

रोटर क्लव अफ राप्तीको आयोजना भएको खुल्ला रक्तदान कार्यक्रमा ३० जनाले रक्तदान गरेको थिए भने ५ जना महिला रहेका थिए ।

रोटर क्लव अफ राप्तीको आयोजना भएको उक्त रक्तदान कार्यक्रममा राप्ती गाउँपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र लमहीको प्राविधिक सहयोगमा रहेको थियो । रक्त सञ्चार सेवा केन्द्र लमहीका प्रमुख सिमा वली, इक्षा बुढामगर, झरना चौधरीले सेवा दिएका थिए ।

चाड पवमा रगतको अभाव हुदै आएको छ । यस्तो अवस्थामा रगतको अभाव पूर्ति गर्नका लागि खुल्ला रक्तदानको आयोजना गरिएको राटरी क्लव अफ राप्तीका अध्यक्ष गोपाल आचार्यले बताउन भयो । उहाँले रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गर्नु भयो ।

 

 

 

तपाईको प्रतिक्रिया